२०८० कात्तिक २०: २०८० कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भइ गएको विनाशकारी भूकम्पका कारण पिडित जनता तथा परिवारहरूलाई राहत तथा प्राबिधिक सहयोग पुर्याउने उद्देश्यले शहरी विकास मन्त्री माननीय सीता गुरुङ्गज्युको संयोजनमा शहरी विकास मन्त्रालय तथा नेपाल इन्जिनियर्स एशोसिएशन सहितको बिज्ञ टोलीले भूकम्प प्रभावित क्षेत्रको बिभिन्न नगरपालिका, गाउँपालिकामा क्षति पुगेका घरहरूको पहिलो दिनको अनुगमन तथा अध्ययन सम्पन्न गरेकोछ । क्षति मूल्याङ्कन गर्नका लागि त्यहाँ रहेका प्राबिधिकहरूलाई शहरी विकास मन्त्रालय तथा नेपाल इन्जिनियर्स एशोसिएशन सहितको बिज्ञ टोलीले आवश्यक तालिम प्रदान गरेको छ । साथै नेपाल इन्जिनियर्स एशोसिएशनले भूकम्प प्रभावित क्षेत्रका पिडित जनता तथा परिवारहरूलाई राहतस्वरूप ५० (पचास) थान कम्बल बितरण गरको छ ।