नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए.), विर्तामोड स्थानीय केन्द्रले हिजो मिति २०८२ जेठ ११ गते जग्गा प्राप्त गरेको छ । साविक अनारमनि गा.पा. वडा नं. ६ हाल विर्तामोड न.पा. वडा नं. ३ को कि. नं. २५७० बाट करिब ११.७५ धुर जग्गा निशुल्क प्राप्त गरेको हो । स्थानीय समाजसेवी ठक बहादुर खड्काबाट वहाँकी छोरी स्व. सिन्धु खड्काको स्मृतिमा ठक वहादुर खड्काले नेपाल इन्जिनियर्स एशोसिएसनलाई उक्त जग्गा दान वकसमा दिनु भएको हो ।
नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फवाट केन्द्रीय कोषाध्यक्ष इ. सुमन थापालाई जग्गा दाताको तर्फवाट श्रीमती तारा खड्काले मालपोत कार्यालय भद्रपुर परिसरमा जग्गा धनी प्रमाण पूर्जा हस्तान्तरण गर्नु भएको छ । जग्गा प्राप्ति पछि ने.इ.ए. विर्तामोड केन्द्रलाई भवन निर्माणको बाटो खुलेको छ । यसबाट एशोसिएसनको संस्थागत विकासका साथै भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थपिएको छ । उदार मनका जग्गा दाता खड्का परिवारलाई नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।