नेपाल इन्जिनियर्स एशोसिएसन
३३ औं कार्यकारिणी समिति सल्लाहकार परिषद्को दोस्रो बैठक मिति २०८० भदौ १० गते सफलतापूर्वक
सम्पन्न भएको छ । सहभागी अग्रज तथा वरिष्ठ इन्जिनियर/आर्किटेक्टहरूबाट महत्वपूर्ण
मार्ग निर्देशन तथा सुझावहरू प्राप्त भएका छन्
। इन्जिनियर समुदायको दायित्व, विद्यमान चुनौति पेशाका दौरान
देखिने र हुने गरेका समस्याहरू लगायत आसन्न १६ औं राष्ट्रिय सम्मेलन तथा तत् पश्चातको
३४ औं कार्यकारिणी समितिको निर्वाचनका विषयमा घनीभूत छलफल गरियो । एशोसिएसनको आगामी
निर्वाचनलाई सबै सरोकारवाला पक्षहरूसँग छलफल गरी विद्युतीय प्रणालीबाट निर्वाचन गराउनु
पर्दछ भन्ने उपस्थित सबैको जोड रह्यो । सल्लाहकार परिषद्को बैठकमा आफ्नो अमूल्य राय
तथा सुझाव उपलब्ध गराउनु भएकोमा उपस्थित सम्पूर्णमा नेपाल इन्जिनियर्स एशोसिएसनको तर्फबाट
हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।