२०८० सालको बडा दशैं, तिहार, नेपाल सम्बत ११४४ तथा छठ पर्वको सुखद अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए.)द्वारा इन्जिनियर भवन, पुल्चोक, ललितपुरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ने.इ.ए.का पूर्व अध्यक्ष तथा पदाधिकारीज्यूहरू, नेपाल सरकारका सचिवज्यूहरू, बिभिन्न संस्थान तथा बिभागका कार्यकारी निर्देशकज्यूहरू, महानिर्देशकज्यूहरू, बिभिन्न Professional Society का अध्यक्ष तथा पदाधिकारीज्यूहरू, ने.इ.ए. प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यज्यूहरू, ने.इ.ए. Advisory Committee का सदस्यज्यूहरू, वरिष्ठ इन्जिनियर तथा आकिर्टेक्टज्यूहरूको उपस्थिति भएकोमा वहाँहरूप्रति आभार व्यक्त गर्दछौं । साथै नेपाल सरकारको सचिवमा नियुक्त हुनु भएकोमा इ. अर्जुन जंग थापाज्यूलाई ने.इ.ए.को तर्फबाट बधाई दिने काम पनि सम्पन्न भएको छ ।