Get in Touch

News & Events

View All

तालिमका लागि एशोसिएसन र परिषद् बीच समझदारी

नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएका नवोदित इन्जिनियर तथा आर्किटेक्टहरूको वृत्ति विकास तथा क्षमता अभिवृद्धिको लागि विभिन्न विषयगत तालिमहरू संचालन गर्ने गरि आज मिति २०८२ जेठ १ गते नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल इन्जिनियरिङ परिषदबीच दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यो समझदारीबाट लामो समयदेखिको इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने आधारशीला तयार भएको छ। समझदारी अनुसार नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकस्थित भवनको प्रशिक्षण केन्द्रमा संचालन हुने उक्त नियमित तालिमहरूबाट विशेष गरि नेपाल इन्जिनियरिङ परिषदबाट भर्खरै लाइसेन्स प्राप्त इन्जिनियर आर्किटेक्टहरू लाभान्वित हुनेछन् । इन्जिनियरहरूको पेशागत विकासको गतिविधिमा नेपाल इन्जिनियर्स एशोसिएसनसँगको सहकार्यमा जोडिनु भएकोमा नेपाल इन्जिनियरिङ परिषद्लाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...